पुनः रिलिज भएको थालापथी बिजयको घिल्ली सबैभन्दा बढी कमाउने चौथों फिल्म – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

पुनः रिलिज भएको थालापथी बिजयको घिल्ली सबैभन्दा बढी कमाउने चौथों फिल्म

| प्रकाशित

मुम्बइ, १९ बैशाख । थालापथी विजयको फिल्म ‘घिल्ली’ २० अप्रिल २०२४ मा पुनः थिएटरमा रिलिज भएको थियो।

यो फिल्मले आफ्नो मूल रिलिजको २० वर्ष पूरा गरेको उपलक्ष्यमा पुनः रिलिज गरिएको थियो । पुनः रिलिज भए पछि पनि यो फिल्मले विश्वव्यापी रूपमा १८.५० करोड भन्दा बढी कमाउन सफल भएएको छ।

फिल्मको इन्डिया कलेक्सन २०.२५ करोड रुपैयाँ छ । योसँगै ‘घिल्ली’ले कमाईको मामिलामा शोले, टाइटानिक र अवतार जस्ता फिल्मलाई पछाडि पारेको छ । यसका साथै पुनः रिलिज भएपछि यो २१ औं शताब्दीको सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेको छ ।

‘घिल्ली’ले यी सबै फिल्मलाई पछाडि छोडेको छ । सन् २००४ मा पहिलो पटक रिलिज भएको ‘घिल्ली’ले टिकट विन्डोबाट ५० करोड कमाएको थियो । त्यति बेला पनि यो तमिल फिल्महरूमध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म थियो। तर पुनः रिलिज भएपछि यसले तहल्का मच्चाएको छ। यो फिल्मले ९ दिनमा देशभरबाट २०.२५ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार सो फिल्म पुनः रिलिज भएका चलचित्रहरूको इतिहासमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । यति मात्र होइन, २०२४ मा पनि ‘घिल्ली’ वर्षको चौथो सर्वाधिक कमाउने तमिल फिल्म बनेको छ। यो वर्ष ‘क्याप्टेन मिलर’, ‘आयलान’ र ‘लाल सलाम’ले मात्र ‘घिल्ली’ भन्दा बढी कमाइ गरेका छन् ।

‘घिल्ली’ एक रोमान्टिक एक्शन फिल्म हो, जसमा अलिकति खेलकुदको टच पनि रहेको छ । यो २००३ मा महेश बाबु स्टारर तेलुगु फिल्म ‘ओक्काड’ को तमिल रिमेक हो। तृषा कृष्णन, प्रकाश राज र आशिष विद्यार्थी जस्ता कलाकारले थलापथी विजयसँग ‘घिल्ली’ मा काम गरेका छन । यो चलचित्रलाई धरानीले निर्देशन गरेका हुन् । ‘घिल्ली’को पुनः रिलिजमा भएको कमाईलाई थालपथी विजयको स्टारडमसँग जोडिएको छ ।
न्यूज कारखाना