जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने

| प्रकाशित

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ । न्यूज कारखाना