राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

| प्रकाशित

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन् ।

बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।

न्यूज कारखाना