डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

| प्रकाशित

दोलखा, २१ वैशाख । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।
न्यूज कारखाना