आज कुन देशको मुद्राको विनिमय दर कतिरु – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

आज कुन देशको मुद्राको विनिमय दर कतिरु

| प्रकाशित

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । बिहिबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ०७ पैसाले बढेको हो।

शुक्रबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। यसअघि बिहिबार डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।

त्यसैगरी, शुक्रबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा युरो ४६ पैसाले बढेको हो । बिहिबार युरोको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो।

आज बेलायती पाउन्ड ५१ पैसाले बढेर पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा तोकिएको छ। बिहिबार भने यसको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा कायम गरिएको थियो।

त्यसैगरी शुक्रबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। शुक्रबार क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ १० पैसा र बिक्रीमा ९७ रूपैयाँ ५४ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ०३ पैसा र बिक्रीदर २८ रूपैयाँ १५ पैसा कायम गरेको छ।

यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ८७ र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।

न्यूज कारखाना