आदर्शमा चारदोवाटो कायम गरिराख्न माग – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

आदर्शमा चारदोवाटो कायम गरिराख्न माग

| प्रकाशित

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा चारदोवाटो कायम गर्न माग गरिएको छ । शनिबार आदर्श चोकमा खुल्ला जानकारी सभा गरी यसबारे सरोकारवालाहरुलाई जानकारी गराइसकेको जनायो ।

आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका उनीहरुले सोही समितिको आयोजनामा चोकमा सभा गरेको हो । सिपाडोल मुलबाटो र भक्तपुर नगरपालिका वडा नं ५ र ७ वीचको चारदोवाटो खुल्ला राख्न मागसहित आफूहरुले गरेको र्सघर्षहरुबारे टोलबासीहरुलाई जानकारी दिन यस सम्वन्धी जानकारी सभा भएको हो ।

यसअघि स्थानीयले आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न मागसहित आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका थिए । आदर्श चोकलाई चारदोवाटो नै कायम गरिराख्न माग गर्न समिति गठन गरिएको हो ।

समितिले आदर्श चोकलाई राजमार्ग विस्तारपछि चोक नभई बार लगाएर आवतजावत गर्न तीन तीन सय मिटर जानुपर्ने बनाई आवातजावत वन्दको योजना बनाएपछि चोक वन्द नगर्न माग गर्दै आएको छ । यही शिलशिलामा भएका काम कुराहरुबारे जानकारी दिन सभा गरेको हो ।

समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं ४ का निवर्तमान अध्यक्ष कुमार चवाल रहेका छन् । समितिमा सूर्यविनायक नगरपालिका वडा नं ८ का स्थानीयबासी मणिरत्न बज्राचार्य सचिव रहेका छन् । कार्यसमिति १५ सदस्यीय रहेको छ ।

सभामा वागमति प्रदेशका सांसद किरण थापा, समितिका अध्यक्ष कुमार चवाल, सचिव मणिरत्न बज्राचार्यलगायतले चारदोवाटो कायम गर्न समितिले गर्दै आएका विभिन्न संघर्षका कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।

अरनिको राजमार्ग अन्तर्गर्त सूर्यविनायदेखि धुलिखेलसम्मको सडक विस्तार कार्य हाल जारी छ । यही क्रममा सूर्यविनायकदेखि जगातीकोवीचमा रहेको आदर्श चोकमा चारदोवाटो बन्द गरी आवतजावत गर्न नदिने गरी बार लगाउने इष्टमेट भएको जनाइएको छ ।

समितिका अध्यक्ष कुमार चवालका अनुसार चारदोवाटो बन्द नगर्न माग गर्दै आयोजनाको कार्यालय धुलिखेल, भक्तपुर र सूर्यविनायक नगरपालिकाका प्रमुखहरुलगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण बुझाइसकिएको छ । साथै सांसद प्रेम सुवालमार्फत् संसदमा पनि यस विषयमा आवाज उठिसकेको छ ।
न्यूज कारखाना