राजाको तर्फबाट हेम बिक्रमले दिए देउवाको चेतावनीको जवाफ, चुनौतीको सामना गर्न राजा तयार रहेको खुलासा !(भिडियो सहित) – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

राजाको तर्फबाट हेम बिक्रमले दिए देउवाको चेतावनीको जवाफ, चुनौतीको सामना गर्न राजा तयार रहेको खुलासा !(भिडियो सहित)

| प्रकाशित

काठमाडौँः राजसंस्थाका राष्ट्रिय संयोजक हेम विक्रम सिलवालले नेपालको स्थायित्वको लागि राजसंस्था आवश्यक रहेको बताएका छन् । उनले स्टार अनलाइन टि भीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने-“राजा हेर्दा राम्रो देखिने अथवा बोली व्यवहारको लागि ल्याउन लागेको हैन, पूर्व राजा ज्ञानेन्द्र शाह राजसंस्थाको प्रतिनिधि पात्र मात्र हुन् । वास्तवमा हामीले नेपालको स्थायित्वको लागि मात्र राजसंस्था अथवा राजा ल्याउन लागेका हौं ।”

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पूर्वराजा वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न चूनौति दिएपछि उनले प्रधानमन्त्री देउवाले चुनाव लड्न दिएको चुनौतीको उत्तर दिँदै यस्तो भनेका हुन् ।

 

पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: